Sajhamanch Archive

योद्धा चौधरीलाई दिए तिवारीले भूमि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । झापा बिर्तामोडका बिदुर तिवारीले २०२८ सालका कम्युनिस्ट योद्धा टंकप्रसाद चौधरीलाई जग्गा दान गरेका छन् । बिर्तामोड ४ का तिवारीले योद्धा चौधरीलाई ५.५ धुर जग्गा उपलब्ध गराएका हुन् । नगरपालिकामा आयोजित कार्यक्रमकाबिच नगरप्रमुख ध्रुबकुमार शिवाकोटीले चौधरीलाई लाल पुर्जा हस्तान्तरण गरेका हुन् ।

चौधरी २०२८ सालको कम्युनिस्ट आन्दोलनका क्रममा ९ बर्ष ३ महिना जेल जीवन बिताएका थिए। श्रीमती र एक छोरीका साथ उनी बिर्ताबजारमा कोठा भाडामा बस्दै आएका छन् । जग्गाको धनिपुर्जा दिदै तिवारीले भने कम्युनिस्ट पार्टीको आस्था र बिचार भनेको नहुनेलाई दिने र समान अवस्था शृजना गर्ने हो । लामो समयदेखि उनलाई घर निर्माण गर्ने हाम्रो प्रयास थियो तर जग्गा अभावका कारण सकिएको थिएन ।

कृषि व्यावसाय गर्दै आएका तिवारीले कतैबाट जग्गा उपलब्ध नभए पनि घर परिवारसंग सल्लाह गरेर चौधरीलाई घर बनाउने कार्य अगाडि बढाईएको बताए्। धनिपुर्जा हस्तान्तरण गर्दै नगरप्रमुख शिवाकोटीले आगामी बैशाख १ गतेभित्र चौधरीलाई नगरपालिकाले निर्माण सम्पन्न गरी घर हस्तान्तरण गर्ने बताए । सो जग्गा हालको मूल्य अनुसार ८ लाखभन्दा बढी पर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *