केर्खा – बैगुनधुरा सडकको निर्माण कार्य सुरु
Published:
by .कमल । कमल गाउँपालिकाको केर्खा क्याम्पा सरङ्गपाडा हुँदै बैगुनधुरा सम्म जाने सडकको निर्माण कार्य सुरु भएको छ ।
कमल गाउँपालिकाको केर्खाबाट बैगुनधुरासम्म १६.७ किमी सडक निर्माणका लागी २०७४ साल असार २० गते सम्झौता भएको थियो । सम्झौता अनुसार सडक निर्माणको काम २०७६ साल असार १९ गते सम्पन्न गरि सक्नु पर्ने भएता पनि भुक्तानी लगायत विभिन्न समस्या देखाउदै ठेकेदार कम्पनिले सडक निर्माणको काम सुरु गरेकोे थिएन ।
पछिल्लो समय सडक निर्माणको काम सुरु भएपछि उपभोक्तामा अब चै ढिलै भएपनि सडक बन्लाकी भन्ने आशा पलाएको स्थानिय बासी हेमसागर ढकाल बताउँछन् ।
२० वर्षदेखि यो सडकमा निकै कठिन यात्रा गरियो हिलो र धुलाका कारण हैरान भईया अहिले आएर सडक निर्माणका काम सुरु भएको छ । अव सहज तरिकाले यात्रा गर्न पाइनेमा आफु विश्वस्त भएको कमल १ स्थित नरेन्द्र्र जनता माध्यमिक विद्यालय शिक्षक खड्गवहादुर खड्का बताउँछन् । सडकलाई दुई वटा प्याकेजमा निर्माण कार्य सुरुखगरिएको बताइएको छ ।
पहिलो प्याकेज अन्तरगत सुनारादेखि बैगुनधुरा सम्मको सडकमा वेस र सव वेसको काम सम्पन्न भैसकेको र मौसममा सुधार आउन साथ कालोपत्रे सुरुगरिने रोशसन शाह ईन्जिनियरिङ्ग जेभीका ईन्जिनियर प्रविण कुमार देव बताउँछन् ।
उनका सुरुमा भुक्तानी लगायत केही समस्याका कारण सडक निर्माणको काम अलि ढिलो भयो । अब सबै कुरा मिलि सकेको छ यसै आर्थिक वर्षको अन्त्य सम्ममा निर्माण सम्पन्न हुने ईन्जिनियर देव बताउँछन् ।
सडक निर्माणका लागी केर्खा देखि सुनारा सम्म ८ किलो मिटरका लागी ६ करोड ३३ लाख १५ हजार ३ सय ४५ रुपैया र सुनारादेखि बेगुनधुरासम्म ८.७ किमी सडक निर्माणका लागी ७ करोड २२ लाख ८ हजार ८ सय ४७ रुपैयाको लागतमा सडक निर्माणको कार्य भैरहेको छ ।
३ वर्ष अगाडी ठेक्का लागेपनि सडक निर्माणका लागी जिम्मा पाएको रोशन– शाहा इन्जिनियरिङ्ग जेभीले सडक निर्माणको काम सुरु नगर्दा त्यहाँबाट निस्किएको धुलोका कारण आजित भएका स्थानिय अब सडक बन्नेमा ढुक्क भएको कुलचन्द्र आचार्यले बताए ।
सडक निर्माणका लागी गाउँपालिकाले पटक पटक ठेकदारसँग बसेर छलफल गरेको र अन्य सरोकारवाला निकायलाई जानकारी गराएपछि मात्र सडक निर्माणको काम सुरु भएको हो । निर्माणकार्य ढिलो भइपनि गुणस्तर बन्नेमा आफु ढुक्क भएको कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
निर्माण कम्पनीले २०७६ साल असार मसन्तसम्म म्याद थपगरि सडक निर्माणको काम सुरु गरेको हो । पछिल्लो पटक थपिएको म्याद भित्र सडक निर्माणको काम त सम्पन्न होला तर सडकको गुणस्तरका बारेमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक छ । नत्र निर्माण सम्पन्न भएको केहिदिन भित्रै सडकमा खाल्डा खुल्डी भएका यसको जिम्मेवारी कसले लिने ?
Comments