Sajhamanch Archive

कमिशन दिन आउनेको नाम डायरीमा लेखेको छुः सञ्चारमन्त्री बाँस्कोटा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफुलाई काम गरिदिनु प¥यो भन्दै कमिशन दिनहरुको नाम डायरीमा लेख्ने गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २३ औँ स्थापना दिवस समारोहमा सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने ‘मन्त्री बनेपछि काम गरिदिनुप¥यो भन्दै कमिशन दिन आउँछन्, मैले नाम डायरीमा लेख्ने गरेको छु । ’

उनले सरकारका कारण प्रेस स्वतन्त्रतामाथि कुनै खतरा नरहेको स्पष्ट हुन सबै पत्रकारलाई आग्रह समेत गरेका छन् । ‘म पनि वर्षौसम्म पत्रकारिता गरकै मान्छे हुँ, पत्रकारको मर्म मैले बुझ्न सक्छु, पत्रकारिता पनि आचारसंहितामा रहेर गर्नुपर्छ,’ उनले भने ।

संविधानको मर्म विपरित प्रेस स्वतन्त्रता विपरित हुने खतरा आए आफैँ राजिनामा दिएर आन्दोलनमा होमिने भन्दै मन्त्री बाँस्कोटाले सरकारले ‘समृद्ध नेपाल, गरिब पत्रकारिता’ को अवधारणा नलिएको स्पष्ट पारेका छन् । मन्त्री बाँस्कोटाले पत्रकारको हकहित भन्दा बाहिर गएर मिडिया काउन्सिल विधेयक पारित नहुने पनि बताए । रातोपाटीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *