Sajhamanch Archive

बेलायतका राजकुमार दम्पती हैरी र मेगन राजपरिवारका वरिष्ठ सदस्य नरहने

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

 बेलायतकी महारनी एलिजावेथका नाति प्रिन्स हैरी र उनकी पत्नी राजकुमारी मेगन राजपरिवारका वरिष्ठ सदस्यको भूमिकाबाट अलग हुने भएका छन् । उनीहरु आफूलाई आर्थिक रुपले सबल र स्वतन्त्र बनाउन लागिपर्ने बताएका छन् ।

‘ड्यूक तथा डचेज अफ सक्सेस’ ले यसबारेमा खुलासा गरेको हो । यस कुराले राजपरिवार दुखी भएका छन् । अब प्रिन्स हैरी र मेगनले बेलायत र उतर अमेरिकामा अबको जीवन बिताउने पनि बताएका छन् । बीबीसीका अनुसार शाही जोडीले यो घोषणा पहिले राजपरिवारका कोही सदस्यसँग कुनै सरसल्लाह नगरी गरेका थिए । जसका कारण शाही परिवार अत्यन्तै दुखित छ । उनीहरुको यस फैसलाले राजपरिवार निराश भएको छ ।

बुधबार आफ्नो इन्स्टाग्राम पेजमा हैरी र मेगना दुवैले धेरै विचार विमर्शपछि आफूहरु यस फैसलामा पुगेको उल्लेख गरेका छन् । उनीहरुले भनेका छन्, ‘हामी राजपरिवारको वरिष्ठ सदस्यको हैसियतबाट हट्न चाहान्छौं र आर्थिक रुपमा स्वतन्त्र र सबल हुनका लागि काम गर्न चाहान्छौं तर यसका साथसाथै महारानीलाईउ हाम्रो समर्थन रहिरहनेछ ।’

राजपरिवारका पुर्व प्रेस अधिकार डिक्की आर्बिटरका अनुसार यो फैसलाले थाहा हुन्छ प्रिन्स हैरीले दिमागको होइन दिलको कुरा सुनेका छन् । उनले ह्यारीको छोरा जन्मिँदा सञ्चार माध्यमले गरेको व्यवहारले यो फैसला गरेको हुनसक्ने टिप्पणी गरेका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *