Sajhamanch Archive

बिर्तामोडमा हस्पिटालिटी र रिटेलको करियर काउन्सिलिङ

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । नोभा फाउण्डेसन प्रालिको आयोजनामा हस्पिटालिटी र रिटेलको करियर काउन्सिलिङ कक्षा आज बिर्तामोडमा सप्पन्न भएको छ।

लामो समयदेखि बिर्तामोडमा करियर काउन्सिलका क्षेत्रमा कार्य गर्दै आएको फाउन्डेसनले प्रदेश १ मै पहिलोपल्ट यस किसिमको काउन्सिलिङ कक्षा आयोजना गरेको फाउन्डेसनका मेनेजिङ डाइरेक्टर ताराप्रकाश भट्टराईले बताए ।

उक्त करियर काउन्सिलिङको सहजीकरण एकडेमिक एण्ड केरियर ट्रानिङ सेन्टर (काठमाडौ) का मेनेजिङ डाइरेक्टर प्रकाशराज पुरीले गरेका थिए । पुरीले हस्पिटालिटी र रिटेलको परिचय, किन हस्पिटालिटी र रिटेल नै पढ्ने साथै पछिल्लो समय यसको महत्व के-कस्तो रहेको छ भन्ने बारेमा बताएका थिए ।

उनले डिजिटल माध्यमबाट हस्पिटालिटी र रिटेलको अध्ययन गरेर विभिन्न विदेशमा गएका विद्यार्थीहरुले काम गर्दै गरेको वृत्तचित्र प्रस्तुत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *