Sajhamanch Archive

पाँचथरमा ओछ्यानमा सुतिरहेकी किशोरीलाई झ्यालबाट छिरेर बलात्कार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छन् ।

करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका वडा नं.४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् ।

गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् ।किशोरीले भनिन्, ‘भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलात्कार गरे ।’

गहतराजलाई पुस २१ गते पक्राउ गरी यौन दुर्व्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दबाव दिइरहेको बताएकी छन् ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *