Sajhamanch Archive

मनाङ र मच्छिन्द्रका ६ खेलाडी आर्थिक जरिबानासहित प्रतिबन्धमा

Published: (Updated: ) in खेलकुद by .

काठमाण्डौ । मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्रका तीन–तीन जना खेलाडी प्रतिबन्धमा परेका छन् ।

मनाङका जगजित श्रेष्ठ, अशोक बराल र रञ्जन विष्ट तथा मच्छिन्द्रका दीपक राई, देवेन्द्र तामाङ र विजय धिमाल प्रतिबन्धमा परेका हुन् । अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को अनुशासन कमिटीले मनाङ र मछिन्द्रका खेलाडीलाई आर्थिक जरिबानासहित प्रतिबन्ध लगाएको हो ।

एन्फाका अनुसार मनाङका जगजित श्रेष्ठलाई ५ खेलको प्रतिबन्धसहित १० हजार रुपैयाँ जरिबाना गरिएको छ । मनाङकै अशोक बराललाई ६ खेलसहित १० हजार रुपैयाँ जरिबाना गरिएको छ । उनले खेलमा रातो कार्ड पनि पाएका थिए । मनाङकै रञ्जन विष्टलाई दुई खेलमा प्रतिबन्ध गरिएको छ ।

अफिसियलतर्फ मनाङका किट्स म्यानेजर शिव लामालाई लिगका सबै खेलमा प्रतिबन्ध गर्दै १० हजार रुपैयाँ जरिबाना गरिएको एन्फाले जनाएको छ ।

मछिन्द्र क्लबका दिपक राई, देवेन्द्र तामाङ र विजय धिमाललाई एन्फाले समान दुई–दुई खेलमा प्रतिबन्ध लगाएको छ । एन्फाले दुवै क्लबलाई समान ५०–५० हजार रुपैयाँ जरिबाना गरेको हो ।

मनाङ र मच्छिन्द्रबीचको गएको मङ्गलबार भएको तनावपूर्ण खेलमा दुई टिमका खेलाडीबीच हातपात नै भएको थियो । दुवै टिमले निर्धारित समयमा २–२ गोलको बराबरी खेलेका थिए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *