Sajhamanch Archive

ओमनका सुल्तान काबसुको निधन, तीन दिनभित्र नयाँ राजा घोषणा गरिने

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । ओमनका सुल्तान काबुसको निधन भएको छ । केही समयदेखि अस्वस्थ रहेका सुल्तानको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि गत महिना उपचाका लािग बेल्जियम लगिएको थियो । ७९ वर्षिय सुल्तानको सन् २०१५ मा जर्मनीमा उपचार गरिएपछि क्यान्सर रोगबाट पीडित भएको समाचार सार्वजनिक भएको थियो ।

सन् १९७० मा बेलायतको सहयोगमा सुल्तानले आफ्ना बाबुलाई सत्ताच्यूत गराएका थिए । तेल बिक्री गरेर उनले ओमनलाई आर्थिक रुपमा सम्पनन गराएको बताइएको छ ।अविवाहित भएकाले सुल्तान काबुसले आफ्ना उत्तराधिकारी नियुक्ति नगरेको समाचारमा जनाइएको छ ।

सुल्तानको आधारभूत विधान अनुसार सिंहासन खाली भएको तीन दिनभित्र शाही परिवारका पुरुष सदस्यहरुबट नयाँ नेतृत्व चयन गर्नुपर्छ । पाँच दशक भन्दा लामो समय शासन गरेका सुल्तान काबुसले सुधारवादी नेताको छवी बनाएको समाचारमा जनाइएको छ । ओमनमा कुल जनसंख्याको ४३ प्रतिशत विदेशी रहेको बताइएको छ । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *