जाडोबाट जोगाउन २२ विपन्न परिवारलाई कम्बल वितरण
Published:
by .उदयपुर । यतिबेला जाडोले देशैभरको जनजीवन प्रभावित पारेको छ। केही दिनयता पश्चिमी वायुको कारण बढ्दै गएको चिसोलाई मध्नजर गर्दै उदयपुरको बेलका नगरपालिकामा गरिब तथा विपन्न सदा बस्तीमा कम्बल वितरण गरिएको छ।
जिल्लाको बेलका नगरपालिका-२ स्थित करैयामा २२ घर गरिब तथा विपन्न सदा बस्तीमा कम्बल वितरण गरिएको बेलका नगरपालिका प्रमुख दुर्गाकुमार थापाले जानकारी दिए। बेलका नगरपालिका, रेडक्रस उदयपुर, मानव अधिकार समिति, बेलका प्रेस क्लब लगायतका संघ संस्थाको सहयोगमा सदा बस्तीमा कम्बल वितरण गरिएको नगर प्रमुख थापाले बताए।
कम्बल वितरण कार्यक्रममा नगर प्रमुख थापा, समाजसेवी जयराम पुर्वछाने रेडक्रस उदयपुरका उप–सचिव जय सुवेदी, स्थानीय सुमन सागर, सहजकर्ता क्विन्सि राई, सविना माझी, ज्योति चौधरी, इन्द्रदेव मरिक लगायतको उपस्थिति थियो।
Comments