Sajhamanch Archive

कर्मणीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

कमल । झापाको कमल गाउँपालिकाले ३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

२०७३ सालमा २८ जना सदस्य र १ लाख ४० हजार रुपैया शेयर पुँजीबाट स्थापना भएको सहकारीले हालसम्म आईपुग्दा ३ सय ७ जना सदस्य र ५८ लाख ६२ हजार ४ सय ३५ रुपैया शेयर जम्मा गर्न सफल भएको छ भने ८ लाख ७५ हजार ५ सय १४ रुपैया नाफा कमाउन सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका बडा न ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल, सदस्य लालप्रसाद बखिम,सानोकेर्खा युव क्लवका अध्यक्ष होमराज लिम्बु लगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वाल बचततर्फ महिमा धिमाल, ज्येष्ठ नागरिक बचततर्फ सावित्रा गुराँगाई, कुसल ऋणीतर्फ कुलबहादुर थापा, दैनिक बचत तर्फ दिलिप पौडेल, साधारण बचततर्फ रमेश पोख्रेल, कर्मणी नियमित बचततर्फ पिताम्बर सिंखडा, पेन्सन बचत तर्फ हर्क बहादुर विकलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

संस्थाका सचिव लेखनाथ सुवेदीले सन्चालन गरेका थिएभने सदस्य दौलत गिरी (रविन) ले स्वागत मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *