Sajhamanch Archive

ढ्याग्री सुनारा टोल  सरसफाई अभियानमा जुट्दै

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

कमल । झापाको कमल गाउँपालिकामा सन्चालीत पुर्ण सरसफाई कार्यक्रमले तिव्रता लिएको छ । आफु मात्र सफा भएर हुदैन परिवार,घर ,आँगान,शौचालय र सडक समेत सफागर्नु पर्छ भन्ने उद्येश्यका साथमा सन्चालन गरिएको पुर्ण सरसफाई कार्यक्रम कमल गाउँपालिकाका विभिन्न टोलमा सन्चालन भैरहेका छन् ।

कार्यक्रम सन्चालन भएका टोल मध्ये गाउँपालिकाको वडा नम्बर १ स्थित ढ्याग्री सुनारा टोल विकास समितीमा आवद्ध १ सय २६ घरधुरी अहिले पुर्ण सरसफाई अभियानमा तिब्रताका साथ जुटेका छन् । उनीहरुले आफ्नो घर आँगन सरसफाई गर्नुका साथै आँगनको डिलमा फुलवारी बनाएका छन् । हिजो सम्म आँगन वरीपरि फुल नभएका घरमा अहिले फुल रोपि रकेका छन् । कतिले फुल रोप्नका लागि तयारी गरिरहेका छन् । यो सगै ६३ घरधुरीमा सुरक्षित सुधारिएको चर्पी निर्माणको काम समेत भैरहेको प्रस्तावित नमुना टोल विकास सस्थाका अध्यक्ष लक्षण कार्की बताउछन् ।

यसका साथै घरबाट निस्किएको फोहोरलाई व्यवस्थापन गर्न बाँसको समाग्री बाट निर्मित डस्टविन तयार भैरहेको छ अवको केहि दिनमै प्रत्येक २ घरको विचमा एक थान डस्टविन राखिने कार्यक्रम संयोजक उज्वल भण्डारीले जानकारी दिए । कमल गाउँपालिकाको अभियान र विराट सामुदायकि अध्यायन केन्द्रको प्राविधिक सहयोगमा सन्चालन भै रहेको अभियान अन्तरगत प्रत्येक धरधुरीले फुलवारी बनाउने , सुधारिएको शौचालय निर्माण गर्ने ट्युवेलको पानी खस्ने ठाउँमा ढलान गर्ने जस्ता काम भैरहेको ढ्याग्री सुनारा टोल विकास समीतीका अध्यक्ष श्याम कार्की बताउछन् ।

पुर्ण सरसफाई भन्नेकुरा कुनै अभियान सन्चालन रहुन्जेल गर्ने होईन यसका लागि  प्रत्येक नागरिक सचेत हुन आवश्यक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *