Sajhamanch Archive

यी हुन् विश्वकै लामो कपाल भएकी युवती

Published: in विविधा, विविधा, विश्व समाचार by .

विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरी निलांशी पटेल एकपटक फेरी चर्चामा आएकी छिन् । सन् २०१८ मा आफ्नो लामो कपालका लागि गिनिज बुकमा नाम लेखाएकी निलांशीले हालै आफ्नै त्यो रेकर्ड तोडेकी छिन् ।

भारतको गुजराँतमा बस्ने निलांशीको कपाल ६ फिटभन्दा पनि लामो भएको छ । सन् २०१८ मा गिनिज बुकमा नाम लेखाउँदा उनी जम्मा १६ वर्षकी थिइन् र विश्वकै सबैभन्दा लामो कपाल भएकी किशोरीको किर्तिमान कायम गरेकी थिइन् ।

त्यतिबेला उनको कपाल १७० दशमलब ५ सेन्टिमिटर थियो । अहिले उनको कपालको लम्बाई १९० सेन्टिमिटर अर्थात् ६.२३ फिट पुगेको छ । ६ वर्षको उमेरमा छोटो बनाएर कपाल काटे यता उनले आफ्नो कपाल काटेकी छैनिन् ।

आफ्नो कपालका कारण उनले अहिले निकै चर्चा बटुल्न सफल भएकी छिन् । उनलाई आफू सेलिब्रेटी नै भएको अनुभुति हुन थालेको छ । तर यो किर्तिमानी कपालको स्याहार गर्न सजिलो छैन । उनलाई कपालको स्याहार गर्न उनकी आमाले पनि सघाउँछिन् । कपाल सफा गर्नका लागि धेरै कस्मेटिकको पनि प्रयोग गर्दिनन् उनी । हप्तामा केवल एकपटक मात्र कपाल धोएर राम्रो सँग तेल लगाउने गर्दछिन् ।

(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *