Sajhamanch Archive

बिर्तामोडमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरिरहेका दुईजना रंगेहात पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । झापामा गएराति मोटरसाइकल चोरिरहेका दुई युवकलाई स्थानीयले रंगेहात पक्राउ गरेका छन्।

पक्राउ पर्नेमा सप्तरी जिल्ला सुरुङगा नगरपालिका वडा नंं.२ बस्ने २४ वर्षीय किरण बस्नेत र सोही ठाउँका २७ वर्षीय सुदर्शन गेलाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

राति ९ बजेतिर बिर्तामोड नगरपालिका वडा नं.५ स्थित मुक्तिचोकमा पार्किङ गरी राखिएको को ३२ प १६९९ नम्बरको मोटरसाइकल चोरी गर्दागर्दै निजहरुलाई स्थानीयले पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनिलाई जिम्मा लगाएका हुन्।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *