Sajhamanch Archive

केन्द्रीय प्रसारण लाइन उद्घाटनको विरोधमा तिङ्गला बन्द

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by .

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नंं. ११ तिङ्गलाका स्थानीयले आज तिङ्गला बन्दको घोषणा गरेका छन् ।

तिङ्गलालाई बेवास्ता गर्दै केन्द्रीय प्रसारण लाइन उद्घाटन कार्यक्रमको पत्तालेबाट गर्न लागेको भन्दै उनीहरुले अनिश्चितकालका लागि तिङ्गला बन्दको घोषणा गरेका हुन् ।

हाइड्रोपावरको मुख्य प्रभावित क्षेत्र तिङ्गला भए पनि प्रभावित क्षेत्रमा नै विद्युत विस्तार नगरि उद्घाटन गर्न लागेकाले आन्दोलन गरिएको उनीहरुको दाबी छ ।विरोधमा प्रदर्शनकारीहरुले ठाउँ–ठाउँमा रुख ढालेर सडक अवरुद्ध गरेका छन् भने बाटोमा टायर बालेर बसेको स्थानीय निर कुमार नेपालीले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा सोलुखुम्बुबाट काठमाण्डौ तथा जिल्ला बाहिरिने कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । तिङ्गलाका शैक्षिक संस्था तथा कार्यालय पनि खुल्न सकेका छैनन् ।सोलुदुधकुण्ड नगरपालिका वडा नं.८ पत्तालेबाट सङ्घीय सांसद हेमकुमार राईले शनिबार सोलुखुम्बुलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने कार्यक्रमको उद्धघाटन गर्ने तय भएको थियो । कार्यक्रम उद्घाटनमा अतिथिहरु जाँदै गर्दा झडप हुँदा ११ वटा मोटरसाइकल र एउटा बोलेरो जीप जलाइएका थिए ।

उद्घाटन कार्यक्रमको विरोधमा तिङग्लावासीले बिहीबार नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र सल्लेरीमा ज्ञापन पत्र नै बुझाएका थिए । उनीहरुले कार्यक्रम बहिष्कार गरेर शनिबारदेखि नै तिङ्गला बन्दको आह्वान गरेका थिए ।

उद्घाटन कार्यक्रम विफल भएपछि पत्रकार सम्मेलनमा बोल्दै सङ्घीय सांसद हेम कुमार राईले विकासविरोधी तत्वहरुले जनतालाई उत्तेजित पार्दा घटना हुन पुगेको आरोप लगाए ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *