Sajhamanch Archive

गजमेरसहित चार राज्यमन्त्री थपिँदै

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

विराटनगर । प्रदेश १ सरकारमा आज चार राज्यमन्त्री थपिँदै छन् ।

प्रदेश मन्त्रीमण्डल गठन भएको करिब दुई वर्षपछि मुख्यमन्त्री शेरधन राईले चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् ।

प्रदेश १ मा २०७४ फागुन ३ गते प्रदेश मन्त्रीमण्डल गठन भएको थियो । नयाँ मन्त्रीहरूमा अम्मिरबाबु गुरुङ भौतिक तथा पूर्वाधार मन्त्रालय, जसमाया गजमेर सामाजिक विकास, विजय विश्वास वन तथा वातारण र राम रानाले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

विश्वासबाहेक तीनजना पूर्वएमाले सांसद हुन् । मोरङका विश्वास एमाओवादीबाट निर्वाचित प्रदेशसभाका सांसद हुन् ।

गुरुङ ओखलढुंगा, गजमेर झापा र राना इलामबाट निर्वाचित सांसद हुन् । राना नेकपाका इलामका अध्यक्ष पनि हुन् । नयाँ मन्त्रीहरूको आजै प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने तयारी गरिएको छ ।नेकपा प्रदेश कमिटीको शनिबार विराटनगरस्थित प्रदेश कार्यालयमा बसेको बैठकले दुई खाली मन्त्रालयमा मन्त्री नियुक्त गर्न सुझाएको थियो ।

मुख्यमन्त्री शेरधन राईले कृषि र भौतिक पूर्वाधारमा राज्य मन्त्री मात्र नियुक्त गरी दुवै मन्त्रालयको जिम्मेवारी आफैंले लिइरहेका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *