Sajhamanch Archive

नक्कली नोटसहित दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रहरीले काठमाडौंको कलंकीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा निजगढ घर भएका २७ वर्षीय अनुस थापा मगर र सोही ठाउँ बस्ने २२ वर्षीय रवि आले मगर रहेका छन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका वडा नं.१४ कलंकी चोकबाट आज पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ हजार दरको ३१ थान नेपाली नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *