Sajhamanch Archive

निकिताका लागि विराजको साथ सुखद बन्नला ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

नायिक निकिता चण्डकलाई ‘रानी महल’ चलचित्र पुरा नभएको पीडा थियो । डेब्यू चलचित्रबाट राम्रै नाम कमाउने आशा बोकेकी उनी चलचित्र २० प्रतिशत मात्र छायांकन भएर रोकिएपछि पीडा भयो ।

उनै, निकितालाई नायक विराज भट्टले चलचित्र ‘साङ्लो’ चलचित्रका लागि पत्याए । निकिताले पनि यो चलचित्रमा भरपुर मिहिनेत गरिरहेकी छिन् । हुनत, चलचित्रमा नायक विराज भट्ट रहेकाले पनि निकिताको चर्चा कती होला भन्ने थियो । तर, निकिताले चलचित्र रिलिजको मिति नजिकिदै जाँदा निकै राम्रो चर्चा पाइरहेकी छिन् ।

यो चलचित्रमा राम्रो काम देखाउन सकेको खण्डमा निकितालाई यो क्षेत्रमा अगाडि बढ्न मद्दत पुग्नेछ । चलचित्रको दोश्रो गीत केही दिनमा सार्वजनिक हुँदैछ । निकिता यो गीतमा बोल्ड देखिएकी छिन् । यो बर्ष निकै कम मात्र नव नायिकाहरुले चर्चा पाएका छन् । निकिताका लागि विराजको साथ सुखद बन्न सक्छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *