पूर्वनेपाल वहुद्देश्यीद्वारा सहकारी अभियान्ताद्वय सम्मानित
Published: (Updated: )
by .शिवसताक्षी । पूर्व नेपाल बहुद्देश्यीय सहकारी संस्थाले सहकारी अभियान्ता अध्यक्षद्वय ढकाल र अधिकारीलाई सम्मान गरेको छ ।
संस्थाको स्थापना दिवस तथा दूधे सेवाकेन्द्रको उद्घाटनको अवसरमा झापा जिल्ला सहकारी संघ अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सदस्य गणेश ढकाल तथा झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा बचत तथा ऋण सहकारी संघ (नेफ्स्कोन) का सञ्चालक घनश्याम अधिकारीलाई सम्मान गरिएको हो । ढकालकी धर्मपत्नी प्रमिला गौतम (ढकाल) र अधिकारीकी धर्ममत्नी देवीमाया सुवेदी (अधिकारी) लाई पनि संस्थाले सम्मान गरेको थियो ।
दूधे सेवाकेन्द्र उद्घाटनका क्रममा संस्थाका अध्यक्ष प्रेम सापकोटाले २०५६ सालमा कमल गाउँपालिकाको तोपगाछीमा ३४ हजार ४ सय शेयर पूँजीबाट सुरु गरेको संस्था आजका दिन सम्म आइपुग्दा ११ करोड शेयर पूँजी बनाउन सफल भएको बताए । उनले संस्थाले सेवाकेन्द्र विस्तार गर्ने क्रममा शिवसताक्षीको दूधे सातौ सेवाकेन्द्रको रुपमा रहेको जानकारी दिए ।
संस्थाले स्थापनाका दिवसकै अवसरमा दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्कुल व्याग प्रदान गरेको छ । विद्यालयको भूपू विद्यार्थी मञ्चका अध्यक्ष असोक बस्नेत, सचिव गोविन्द काफ्ले र विद्यालयका प्र.अ. कालिप्रसाद रिजाललाई ५० थान स्कुल व्याग प्रदान गरेको हो । त्यस्तै गरी शिवसताक्षी न.पा. १० कनकाई माई मुक्तिघाटमा शुद्ध पिउने पानीको लागि २ हजार लिटरको पानी ट्यांकी प्रदान गरेको थियो । मुक्ती घाटका उपाध्यक्ष मोहन सुवेदीलाई संस्थाले उक्त ट्यांकी हस्तान्तरण गरेको हो ।
यसैबीच संस्थाले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जसमा ३८ जना पुरुष र १० जना महिलासहित ४८ जनाले रक्तदान गरेका थिए । रक्तदानमा रेडक्रस उपशाखा दमकले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा संस्थाले नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकलाई पनि कदर प्रत्र प्रदान गरेको थियो ।
Comments