Sajhamanch Archive

‘के घर के डेरा’ मा राई र कार्की, अभिनेत्रीमा वर्षा ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

प्रदीप रिमाल निर्देशित तीन दशक अगाडिको फिल्म ‘के घर के डेरा’ को नाम सापटी लिएर ‘सुश्री सम्पत्ति’ फेम्ड निर्देशक सुव्रतराज आचार्यले नयाँ फिल्म बनाउने भएका छन् ।

यो फिल्मका लागि लिड अभिनेताको पनि टुंगो लागेको छ । फिल्ममा दुई भर्सटायल अभिनेता दयाहाङ राई र विपिन कार्कीले अभिनय गर्ने भएका छन् । दुवैसँग फिल्मका लागि सम्झौता भैसकेको छ ।

यी दुई अभिनेताले सुपरहिट फिल्म ‘लुट २ र जात्रै जात्रा’ मा सँगै काम गरेका थिए । ‘के घर के डेरा’ लाई सिंगे लामाले निर्माण गर्दैछन् । उनले यसअघि विपिनलाई लिएर ‘जात्रा, हरि र जात्रै जात्रा’ निर्माण गरेका थिए । सामाजिक विषयवस्तुमा बन्ने फिल्मका लागि अभिनेत्रीमा वर्षा राउतसँग कुराकानी भैरहेको जानकारी प्राप्त छ । उनी फिल्म गर्न सकारात्मक रहेको बुझिएको छ ।

चैतबाट छायांकन सुरु हुने फिल्ममा दयाहाङ र विपिनसँगै कलाकार रविन्द्र झाको पनि प्रमुख भूमिका रहने बताइएको छ । शरद श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मको काठमाडौंमै छायांकन हुनेछ । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा फिल्म निर्माण हुने जानकारी प्राप्त छ । फिल्मको पटकथा आगत केसी र निर्देशक आचार्यले मिलेर लेखेका छन् ।

छायाँकार दिर्घ गुरुङले फिल्म खिच्ने जिम्मेवारी पाएका छन् । त्यस्तै, फिल्मका लागि शंकर थापाले संगीत तयार पारेका छन् । ‘सुश्री सम्पत्ति’ पछि निर्देशक आचार्य लामो समयदेखि ‘के घर के डेरा’ को स्क्रिप्टमा काम गरिरहेका थिए । यो उनको तेस्रो प्रोजेक्ट हो । उनले ‘अधकट्टी’ फिल्मको पनि निर्देशन गरेका थिए । उनका अनुसार, केही दिनमा फिल्मको निर्माण घोषणा गरिँदैछ ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *