Sajhamanch Archive

सभामुख चयनका लागि प्रतिनिधि सभाको बैठक बस्दै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाण्डौ । प्रतिनिधि सभाको नयाँ सभामुख चयनका लागि आज बैठक बस्दै छ ।

दिउँसो ३ बजेपछि बोलाइएको प्रतिनिधि सभाको बैठकले सभामुख चयनको औपचारिकता पूरा गर्ने संसद् सचिवालयले जनाएको छ ।

सभामुखमा नेकपाका अग्नि सापकोटाको मात्र उम्मेदवारी परेकाले उनी सभामुख बन्ने निश्चित जस्तै छ । आजको बैठकले प्रक्रिया पूरा गरी उनलाई सभामुखमा निर्विरोध चयन भएको घोषणा गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारीको प्रस्ताव पेस गर्ने र प्रस्तावमा समर्थकहरु नेकपाका देव गुरुङ्ग र ओनसरी घर्ती तथा राजपाका लक्ष्मणलाल कर्णले समर्थन गर्ने छन् ।

यौन दुर्व्यवहारको आरोपमा तत्कालीन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि सत्तारुढ नेकपाले उम्मेदवार चयन गर्न नसक्दा हिउँदे अधिवेशन सुरु भएको झण्डै डेढ महिनासम्म पनि प्रतिनिधि सभाले सभामुख पाउन सकेको छैन ।

यसैबीच सभामुखका उम्मेदवार सापकोटालाई पक्राउ गर्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा पनि आज सुनुवाइ हुँदैछ । अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमाथि सर्वोच्च अदालतले पेसी तोकेको हो ।

सापकोटालाई सभामुख बनाउन लागिएको विरोधमा राष्ट्रपति विद्यादेवी भण्डारीका मुख्य सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *