Sajhamanch Archive

किन भयो रणवीरको ड्रेसको ट्रोल ?

Published: (Updated: ) in टिप्स/जानकारी by .

एजेन्सी । बलिउड नायक रणवीर सिंह आफ्नो अभिनयका कारण जती चर्चामा रहन्छन्, त्यती नै चर्चा उनको पहिरनका कारणले पनि हुन्छ । रणवीरले लगाउने पहिरन धेरैका लागि अचम्मलाग्दो पनि हुन्छ । किनकी, उनी अन्य बलिउड नायकले लगाउने भन्दा निकै नै भिन्न पहिरन लगाउन रुचाउँछन् ।

रणवीरले सामाजिक संजालमा कालो सर्ट, मल्टिकलर ट्राउजर्स र चश्मा लगाएको एउटा तस्वीर पोष्ट गरेका छन् । उनको यो तस्वीर सामाजिक संजालमा ट्रोलको शिकार बनेको छ ।

धेरै प्रयोगकर्ताले यो कस्तो पहिरन हो भन्दै आलोचना गरेका छन् । कतिपयले नायिका दीपिका पादुकोणको पहिरन लगाएर रणवीर हिडेको भन्दै आलोचना गरेका छन् ।

रणवीरको पहिरनमा दर्शकले आलोचना गर्दा केही बलिउड कलाकारले भने उनको प्रशंसा गरेका छन् । कलाकार सोनु सुदले भिन्न देखिनका लागि हिम्मत चाहिने भन्दै उनको प्रशंसा गरेका छन् ।

केही कलाकारले उनलाई वास्तविक रकस्टार भनेर पनि प्रशंसा गरेका छन् । रणवीर अहिले चलचित्र ‘८३’को प्रचारमा व्यस्त छन् । क्रिकेटर कपिल देवको बायोपिकमा यो चलचित्र बनेको हो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *