Sajhamanch Archive

बुर्किनामा भएको नरसंहारमा ३९ जना मारिए : पुरुषलाई छोपीछोपी हत्या, महिलालाई गाउँ छाड्न आदेश

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

बुर्किन फासोको उत्तरी क्षेत्रमा भएको नरसंहारका क्रममा ३९ जना मारिएका छन् । जिहादीहरुले एउटा गाँउमा गरेको आक्रमणमा परी उनीहरु मारिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

घटनास्थलबाट अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको छ । सरकारका प्रवक्ताले सरकारी सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा कारवाही अभियान चलाएको बताएका छन् ।

विद्रोहीले अत्यन्त दर्दनाक आक्रमण गरेको सरकारका प्रवक्ता रेमिस फुल्गान्सले जारी वक्तव्यमा उल्लेख गरिएको छ । देशको उत्तरी सौम प्रान्तमा घटना भएको बताइएको छ । घटनास्थल छिमेकीमुलुक मालीसँगको सीमा क्षेत्रमा पर्दछ । आक्रमणकारीहरुले गाउँका पुरुषहरुलाई छोपीछोपी हत्या गरेको र महिलाहरुलाई गाउँ छाड्न आदेश दिएको स्थानीयवासीले बताएका छन् ।

उनीहरुले ५० भन्दा बढी मारिएको बताएका छन् । घटना हुने वित्तिकै सुरक्षाकर्मीहरु गाउँमा पस्न पनि सकेका थिएनन् । आक्रमणकारीहरुको अवरोधका कारण उनीहरु पुग्न नसकेको बताइएको छ । जिहादीहरुका कारण बुर्किन फासोमा अहिलेसम्म ८०० भन्दा बढी नागरिकको हत्या भएको छ भने ६ लाख भन्दा बढी विस्थापित भएका छन् । फुर्किन फासोमा सन् २०१५ देखि जिहादीहरुले हिंसा शुरु गरेका हुन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *