Sajhamanch Archive

गैंडाको खागसहित दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रहरीले गैंडाको खागसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खब खत्री र दिनेश थापा रहेका छन् । पक्राउ परेका खत्री काठमाडौं महानगरपालिका वडा नंं.८ चावहिलका हुन् भने थापा बाजुराको बुढीगंगा नगरपालिका वडा नं.६ का हुन् ।

२५ लाखमा गैंडाको खाग खरिदबिक्री हुन लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ काठमाडौं महानगरपालिका वडा नं.७ चावहितबाट उनीहरुलाई पक्राउ गरेको हो ।

खत्री र थापाको शरीर र कोठा खानतलास गरी प्रहरीले एक थान गैंडाको खाग बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *