Sajhamanch Archive

शिक्षक मृत अवस्थामा फेला

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी घर भएका शिक्षक ३४ बर्षीय सहदेव राई मृत अवस्थामा फेला परेका छन ।

मझुवागढी घर भई हाल ऐसेलुखर्क नगरपालिका वडा नं.५ स्थित शिशु माध्यमीक विद्यालय महेश्वरीमा कार्यरत शिक्षक सहदेव राई सोही स्थानमा बस्ने युवराज राईको घरमा कोठा लिई बस्दै आएका थिए ।

आज बिहान ९ बजेसम्म नउठेकाले सोही विद्यालयका प्रधानध्यायपकलाई बोलाई ढोका खोली हेर्दा शिक्षक राई मृत अवस्थामा फेला परेको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *