Sajhamanch Archive

मोटरसाइकल र भ्यान ठोक्किँदा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नं.१० मा बिहीबार राति मोटरसाइकल र भ्यान आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

राति सवा ९ बजे लु३८प ४५५४ नम्बरको मोटरसाइकल र लु१ज ३०९० नम्बरको भ्यान आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा रुपन्देहीको केरवानी–२ का ३६ वर्षीय प्रकाश भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा राति पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यान चालकलाई वडा प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको छ ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *