Sajhamanch Archive

फ्यानलाई दुर्व्यवहार गरेका सलमानलाई प्रतिबन्ध लगाउन माग

Published: (Updated: ) in टिप्स/जानकारी, विश्व समाचार by .

एजेन्सी । बलिउड सुपरस्टार सलमान खानलाई गोवामा प्रतिबन्ध लगाउन माग गरिएको छ ।

अभिनेता सलमान खानले गोवा एयरपोर्टमा सेल्फी खिच्नेक्रममा फ्यानको फोन खोसेको भिडियो सार्वजनिक भएपछि उनको विरोध गरिएको हो ।

उनले गत मंगलबार एयरपोर्टबाट निस्किने क्रममा सेल्फी खिच्दै गरेका एक फ्यानको मोबाइल खोसेका थिए ।

उक्त भिडियोको विरोधमा काँग्रेसनिकट भारतीय विद्यार्थी संघले सलमानलाई गोवामा प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

उनीहरूले गोवाका मुुख्यमन्त्री प्रमोद सावन्तलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ, ‘अभिनेता सलमान खानले आक्रोशित हुँदै एक फ्यानको फोन खोसेको घटनाप्रति माफी नमागेसम्म उनलाई गोवा प्रवेशमा प्रतिबन्ध लगाउनुपर्छ।’

त्यस्तै भारतीय जनता पार्टीका गोवा सचिव नरेन्द्र सवाइकरले अभिनेता खानलाई सम्बोधन गर्दै ट्वीट गरेका छन्, ‘सेलिब्रेटी भएको कारण फ्यानहरूले तपाईसँग सार्वजनिक स्थानमा सेल्फी लिन्छन्। तपाईले गनुभएको व्यवहार अपमानजनक लाग्यो। त्यसैले तपाईले सार्वजनिक रूपमा माफी माग्नुपर्छ।’

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *