Sajhamanch Archive

कोरोना भाइरसले स‌ंसारभरि हलचल : मर्नेको संख्या २१३ पुग्यो, संक्रमितहरुको संख्या ९ हजार ८०९

Published: (Updated: ) in मुख्य समाचार by .

काठमाडौं । चीनमा कोरोनोभाइरस संक्रमणका कारण मर्नेहरुको संख्याका २१३ पुगेको छ भने संक्रमितहरुको संख्या ९,८०९ जना पुगेको छ । यतिखेर १०२,००० जना मानिसहरुलाई सम्भावित संक्रमणको आशंकामा चिकित्सीय निगरानीमा राखिएका छन् ।

चीनको हुवेइ प्रान्तका राजधानी वुहानबाट उत्पत्ति भएको मानिएको नोबेल कोरोनाभाइरसको संक्रमणले यतिखेर करिब करिब चीनको ३१ वटै प्रान्तहरुलाई चपेटमा लिएको छ । यो महामारी विश्वभरिनै फैलिँदै जाँदा विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।

चीनको मुख्यभूमिभन्दा बाहिर अन्य देशहरुमा यो नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमितको संख्या १४० पुगेको छ । तीमध्ये ६ वटा अमेरिकामा, दुई वटा बेलायतमा छन् । त्यसैगरी, रुसमा पनि कोरोनाभाइरसका संक्रमित फेला परेका छन् ।

कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने वा कम गर्ने प्रयासको सिलसिलामा अहिले चीनका विभिन्न शहरहरुमा विगत एक हप्तादेखि ६ करोड जति मानिसहरु आंशिक या पूर्णतः आवातजावातमाथिको प्रतिबन्ध खेपिरहेका छन् । कोरोनाको संक्रमणका डरले वुहान लगायत चीनका कतिपय शहरहरु सुनसान बनेका छन्, मानिसहरु घरभित्रै आफूलाई ‘कैद’ गरेर बसेका छन् ।

नयाँ कोरोनोभाइरसको उत्पत्ति थलो भनिएको वुहान शहरमा फसेका विदेशी नागरिकहरुलाई उद्दार गर्ने क्रम जारी छ र विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई विशेष विमान पठाएर उद्दार गरिरहेका छन् । रातोपाटी बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *