Sajhamanch Archive

हिन्दू महासभा अध्यक्ष रणजीत बच्चनको गोली हानी हत्या

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । उत्तर प्रदेशको राजधानी लखनउमा आज बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या गरिएको छ ।

प्रदेश अध्यक्ष रणजीत बच्चन आफ्ना भाइसँग आज बिहान ‘मर्निङ्ग वाक’ मा गएका बेला राजधानी लखनउ नजिक हजरतगञ्ज इलाकामा उनको गोली हानेर हत्या गरिएको हो ।घटनामा रणजीतका भाइलाई पनि गोली हानिएको थियो र उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

लखनउका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाका अनुसार ‘आज बिहान ६ बजेको समयमा रणजीत बच्चन आफ्ना भाइसँग मर्निङ्ग वाकमा निस्किएका थिए । हजरतगञ्ज इलाकाको सीडीआरआई नजिक केही बदमास समूहले उनको टाउकोमा गोली हानेर हत्या गरे ।’

रणजीत बच्चनको हत्या भएको क्षेत्र लखनउको निकै महत्वपूर्ण इलाका हो । यो क्षेत्रमा विधान सभा, सचिवालय र सबै सरकारी भवनको अलावा प्रमुख अधिकारी र मन्त्रिको आवास क्षेत्र हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *