Sajhamanch Archive

भिरबाट लडेर ताप्लेजुङमा एक जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका वडा नं.२ माङजाबुङ बस्ने २६ बर्षीय उदय लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ ।

सोमवार दिउँसो घरबाट खर काट्न भनी हिडेका लिम्बु बेलुका सम्म घर फर्केर नआएपछी खोजि गर्दा कोलडाँडा भिरबाट लडी घाईते अवस्थामा फेला परेका थिए । घाईते लिम्बुलाई घर ल्याईएकोमा राती १२ बजे मृत्यु भएको थियो ।

घटनाको थप अनुसन्धान र कानूनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *