बस दुर्घटना हुँदा १० नेपाली घाइते
Published: (Updated: )
by .भारत । भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् ।
भारतीय संचारमाध्यमका अनुसार भारतको शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो ।
हरिद्वार डिपोको बस बुधबार राति कांठबाट अगाडि जाँदै गर्दा ट्रकमा ठोक्किएको हो । समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा बस ठोक्किएको बताइएको छ ।
उक्त बस नियमित सेवाको रहेको र नेपाली तथा भारतीय नागरिक सवार रहेको बताइन्छ । भारतको रुपैडिहा नेपालको नेपालगन्जबाट नजिकै पर्छ ।भारतीय संचारमाध्यमका अनुसार तत्कालै उद्धारका लागि प्रहरी तथा एम्बुलेन्स परिचालन गरिएको थियो ।
घाइतेहरुमा बलबहादुर, तुलकनी, नरेन्द्र ओली, वीरबहादुर, तिलक गोपाल, कासिब बोहरा, पुतली बोहरालगायत रहेको बताइएको छ । उनीहरुको ठेगाना भने खुलाइएको छैन ।
रातोपाटी
Comments