Sajhamanch Archive

महाअभियोगको सुनुवाइमा साक्षी बस्ने दुई अधिकारीलाई ट्रम्पले गरे बर्खास्त

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुविरुद्धको महाअभियोगको सुनुवाइमा साक्षीको रुपमा प्रस्तुत भएका दुई उच्च अधिकारीलाई बर्खास्त गरेका छन् । उनले युरोपियन युनियनका लागि अमेरिकी राजदूत गोर्डन सण्डल्याण्ड र युक्रेनका सम्बन्धका विज्ञ लेफ्टिनेन्ट कर्णेल एलेक्जेण्डर भिण्डम्यानलाई बर्खास्त गरेका हुन ।

भिण्डम्यानलाई बर्खास्त गरेको केही घण्टापछि नै ट्रम्पले अमेरिकी राजदूत सण्डल्याण्डलाई फिर्ता बोलाएका हुन । उनीहरु दुवै महाअभियोगको सुनुवाइका क्रममा उपस्थित भएका थिए । आफ्ना प्रतिस्पर्धीविरुद्ध युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोगमा ट्रम्पविरुद्ध महाभियोग दर्ता भएको थियो ।

गत बुधबार सिनेटमा भएको मतदानमा राष्ट्रपति ट्रम्पलाई महाअभियोगमा सफाइ दिएको थियो । विपक्षीको बहुमत रहेको तल्लो सदनले ट्रम्पविरुद्ध महाभियोग लगाएपनि रिपब्लिकनको पकड रहेको माथिल्लो सदन सिनेटबाट ट्रम्पले सफाइ पाएका थिए । अमेरिकाकी इतिहासमा ट्रम्प महाअभियोग लाग्ने तेस्रो राष्ट्रपति बनेका छन्

(एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *