शिवसताक्षीमा हात्तीपाइलेको औषधी खुवाउने कार्यक्रम सुरु
Published: (Updated: )
by .शिवसताक्षी । झापाको शिवसताक्षीमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु भएको छ ।
शिवसताक्षी नगरपालिकाकी उमपेयर भोजकुमारी नेपाललाई नगर स्वास्थ्य शाखाका संयोजक हरि विमलीले हात्तीपाइले विरुद्धको अल्वेण्डाजोल र डि.ई.सी.नामक औषधी खुवाएर आम औषधी सेवन अभियानको शुरुवात भएको हो ।
हात्तीपाइले रोगको समस्या अझैपनी निवारण हुन नसकेपछी सरकारले ६ वर्षे कार्यक्रमको समयावधि ब ढाएर ९ वर्षे पुर्याएको छ । झापासहित मोरङ्ग र धनकुटामा शनिवार एकै साथ यो कार्यक्रम शुरु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमा उपमेयर भोजकुमारी नेपालले सबै नगरवासीले हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गरेरशारीरिक अपाङ्गता हुनबाट वच्न आग्रह गरिन् । शिवसताक्षी नगर स्तरिय कार्यक्रम सतासीधाम स्वाथ्य चौकीमा शनिवार देखि सुरु भएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखा हेल्थ असिस्टेन्ड संजय ठकुरीले सहजीकरण गरेको कार्यक्रममा शाखाकी कर्मचारी निर्मला सिग्देलले आमन्त्रित सहभागीलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष छलिलाल पाठक, बोर्ड सदस्य गीता खरेल लगायत स्थानीयको उपस्थिति रहेको थियो ।
Comments