Sajhamanch Archive

आफुलाई फसाउन आफ्नै मान्छेहरु लागि परेका छन् : सभामुख सापकोटा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले आफुलाई फसाउन आफ्नै मान्छेहरु लागि परेको बताएका छन्।

गृहजिल्ला सिन्धुपाल्चोकमा आज आयोजना गरिएको सभामुख सापकोटाको बधाई कार्यक्रममा उनले मुलुकमा दक्षिणपन्थी हावी भएको बताउँदै आफुलाई फसाउन आफ्नै मान्छे लागि परेको दाबी गरेका हुन्।

उनले ती शत्रहरुसँग आफैं लड्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन्। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको कार्यक्रममा सभामुख सापकोटाले संसदमा धेरै विधेयक अलपत्र रहेको उल्लेख गर्दै त्यसलाई किनारा लगाउन लागिपर्ने बताए। ‘सभामुख पद साझा हो,’ उनले भने, ‘इमानदारिता र देशभक्तिका साथ लोकतान्त्रिक पद्दतिअनुसार काम गर्छु।’

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *