Sajhamanch Archive

तीन भिन्न अवतारमा आमिर

Published: (Updated: ) in टिप्स/जानकारी by .

‘मिस्टर पर्फेक्सनिष्ट’ को परिचय बनाएका आमिर खान यस्तो अभिनेताको रुपमा चिनिन्छन्, जो हरेक पटक केही अलग र केही नयाँ पेश गर्ने गर्छन् । अहिले उनी नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ को छायांकनमा व्यस्त छन् । यसमा उनी तीन भिन्न अवतारमा देखिँदैछन् । फिल्ममा आमिरलाई शिरमा पगडी, लामो दाह्री र लामो खुल्ला कपालसँगै क्लिन सेभ लुक्समा देख्न पाइनेछ ।

अभिनेता आमिरलाई सरदार लुकसँगै उनको लामो दाह्रीवाला लुकलाई दर्शकले निकै सराहना गरेका छन् । अब, क्लिन सेभसहित अभिनेता आमिरको एक नयाँ लुक बाहिर आएको छ । जसले दर्शकमा फिल्मप्रति अझ उत्सुकता बढाउने देखिएको छ । आमिर यो फिल्ममा एक ५४ वर्षिय व्यक्तिको भूमिकामा देखिँदैछन् । फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरिरहेका छन् ।

आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ सन् १९९४ मा आएको हलिउड फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो । ओरिजिनल फिल्ममा मुख्य पात्र फरेस्टको दिमाग कम काम गर्छ । तर पनि उसले सफलता प्राप्त गर्छ र ऐतिहासिक पुरुष बन्छ । तर, उसलाई प्रेमिकाले छाडेर जान्छिन् । यसको हिन्दी रिमेकमा आमिरको अपोजिटमा अभिनेत्री करीना कपूर खान छिन् ।

फिल्मको कथा अतुल कुलकर्णीले लेखेका हुन् । यो फिल्म २०२० को क्रिसमसमा रिलिज हुँदैछ । फिल्ममा साउथका सुपरस्टार विजय सेतुपतिको पनि अभिनय रहनेछ । उनले फिल्ममा आमिरको बेस्ट फ्रेन्डको भूमिका निभाउने बताइएको छ । उनको चरित्र तमिल व्यक्तिको ब्याकग्राउन्डमा देखाउने तयारी भैरहेको छ । यो फिल्मबाट विजयले बलिउड फिल्ममा डेब्यू गर्नेछन् ।

फिल्मीखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *