Sajhamanch Archive

बँदेलको आक्रमणबाट आठ जना घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बाजुरा र डोटीमा बँदेलको आक्रमणबाट आठ जना घाइते भएका छन् ।

बाजुराको गौमूल गाउँपालिका वडा नं.३ माझपालिको धर्मोदय आधारभूत विद्यालयमा सरसरफाई गरिरहेका सात जनालाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो ।

घाइते हुनेमा ५० वर्षीय जगत विश्वकर्मा, ४० वर्षीय पूर्ण वि.क, ५० वर्षीय डवल रोकाया, ४५ वर्षीय धनबहादुर रोकाया, ४० वर्षीय प्रेम रोकाया, ४० वर्षीय मेश रोकाया र ४२ वर्षीय लाल कामी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले घाइते भएकामध्ये जगत विश्वकर्माको अवस्था गम्भीर रहेको जानकारी दिए ।विश्वकर्मालाई उपचार संभव नभएपछि अन्यत्र रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी चुडामणि पन्तले जानकारी दिए ।

विश्वकर्माको दुवै हातको औ‌ँला चुँडिएको र ढाड भाँचिएको अस्पतालले जनाएको छ । पूर्ण वि.क. र डवल रोकायाको भने हात खुट्टा र ढाडमा चोट लागेको अस्पतालले जनाएको छ । घाइते भएका चार जनालाई गौमूल स्वास्थ्य चौकीमा उपचारपछि घर फर्काइएको छ ।

यस्तै डोटीको शलेनामा पनि बँदेलको आक्रमणमा ४७ वर्षीया महिला गम्भीर घाइते भएकी छन् । घाइते तुलसी भण्डारीको दिपायल राजपुरको सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ ।

उनको शरीरमा गहिरो चोट लागेको अस्पतालका स्वास्थ्य प्रमुख अर्जुन बलायरले जानकारी दिए । खप्तड राष्ट्रिय निकुञ्जबाट जङ्गली बँदेल बस्तीमा आहारका लागि छिर्ने र गाउँलेमाथि आक्रमण गर्ने क्रम बढेको स्थानीयबासीले बताएका छन् ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *