Sajhamanch Archive

वर्षाले डढेलो निभायो, बाढीले जनजीवन अस्तव्यस्त

Published: in विश्व समाचार by .

एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै ठूलो पानी परेपछि डढेलो निभेको छ । ७४ दिनदेखि फैलिरहेको करोवान नामको डढेलो पानी परेपछि निभेको बीबीसीले जनाएको हो ।

पाँचसय हेक्टरको जङ्गलमा फैलिएको डढेलोमा ३ सय १२ वटा घर जलेर नष्ट भएका थिए । चार दिनमा झण्डै चार सय मिलिमिटर पानी पर्दा आगो निभे पनि बाढीका कारण सिड्नीको जनजीवन भने अस्तव्यस्त भएको खबरमा उल्लेख छ ।

बाढीका कारण हजारौँ मानिस घर छाडेर सुरक्षित ठाउँमा गएका छन् भने रेल र डुङ्गा सेवा अवरुद्ध भएको छ । झण्डै एक लाख घरमा बिजुली अवरुद्ध भएको छ । अचानक ठूलो बाढी समेत आउन सक्ने त्यहाँको मौसम सम्बन्धी कार्यालयले चेतावनी दिएको छ ।

बाढीमा फोहोर बगाएर ल्याउने सम्भावना धेरै रहेकाले डढेलो प्रभावित क्षेत्र नै बाढीको धेरै जोखिममा रहेको कार्यालयले चेतावनी दिएको छ । वर्षौदेखि सुख्खा रहेको सिड्नीमा ठूलो पानी परेकाले पानीको आपूर्ति भने सहज हुने आशा गरिएको खबरमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *