Sajhamanch Archive

ओस्कार २०२०ः कोरियन फिल्म ‘प्यारासाइट’लाई उत्कृष्ट फिल्मको उपाधि

Published: in टिप्स/जानकारी, विश्व समाचार by .

एजेन्सी । यो वर्षको ओस्करमा, कोरियन फिल्म ‘प्यारासाइट’ उत्कृष्ट फिल्म बनेको छ ।

विदेशी भाषाको फिल्म विधामा पनि मनोनय रहेको प्यारासाइटले उक्त विधाको पुरस्कार पनि जितेको थियो ।

विदेशी कथानक फिल्मको विधामा मनोनयन भएर उत्कृष्ट फिल्म विधामा छनोट हुने प्यारासाइट ११ औँ फिल्म हो । तर यस अघिका १० फिल्मले हासिल गर्न नसकेको सफलता हात पार्दै प्यारासाइटले इतिहास बनाएको छ ।

फिल्मका निर्देशक बोङ जून–होले उत्कृष्ट निर्देशकको पुरस्कार पनि जितेका थिए ।

अन्य प्रमुख विधामध्ये वाक्वीन फिनिक्सले उत्कृष्ट अभिनेता बने भने जुडी फिल्मबाट रेनी जेलवेगर उत्कृष्ट अभिनेत्री भइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *