Sajhamanch Archive

मनकामनाको वार्षिकोत्सवमा विविध साँस्कृतिक कार्यक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड। बिर्तामोडस्थित मनकामना माध्यमिक विद्यालयको २३औँ वार्षिकोत्सब विविध कार्यक्रमका बीच सोमबार सम्पन्न गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडा रहेका थिए ।

वार्षिकोत्सबको अवसरमा गत ज्येष्ठ महिनाबाट सुरु गरिएको सिङ्गिङ् आईकन र डान्स स्टारको फाइनल पनि सम्पन्न गरिएको छ । जसमा गायनतर्फको उपाधि सन्देश वि.क. र नृत्यतर्फको उपाधि आयुसा लिम्बूले हात पारेकी छन् ।

उक्त प्रतियोगितामा ३ सय ५० जना विद्यार्थीहरु सहभागी भएका थिए । जसमा गायनतर्फ १ सय ६७ र नृत्यतर्फ १ सय ८३ जनाले सहभागीता जनाएका थिए ।

उक्त कार्यक्रमको अवसरमा वर्ष उत्कृष्ट अभिभावकका रूपमा कृष्णप्रसाद सापकोटा र लक्ष्मी सापकोटा तथा चन्द्रमान माझी र लक्ष्मी माझीलाई सम्मान गरिएको थियोे ।

उत्कृष्ट शिक्षकका रुपमा अनिता श्रेष्ठलाई सम्मानित गरिएको थियो भने उत्कृष्ट कर्मचारीको सम्मान बलराम राईलाई गरिएको हो ।

सो वार्षिकोत्सब अवसरमा कार्यक्रमका प्रमुख अतिथि खतिवडा र विद्यालयका प्रधानाध्यापक केशव ढुङ्गाना लगायतले आ(आफ्ना धारणा राखेका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक ध्रुव गौतमले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमलाई विभिन्न चरणमा क्रमशः इनु थापा र डेनिका पाठक,विनिता ओझा र अर्चना पौडेल,आयुस बराल र जुनु थापा,अदिती चम्लागाई र मेरिना माझी,स्वकृति बास्तोला र नेमिका थापा तथा पुर्णिामा तामाङ्ग र युगेश श्रेष्ठले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *