Sajhamanch Archive

इटहरीमा बस दुर्घटना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं.२ यातायात कार्यालय अगाडी आज बिहान भएको बस दुर्घटनामा आठ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । काठमाडौबाट खादबारी तर्फ जादै गरेको बा ४ ख ५७८९ न. को बस अनियन्त्रित भई कोशी राजमार्गमा पल्टिदा संखुवासभा चौवाबेसी गाउँपालिका वडा नं. २ बस्ने रबि सेन्चुरी र खादबारी ९ बस्ने पुर्ण बहादुर कुमाल रहेका छन् ।

त्यस्तै दुर्घटनामा संखुवासभाकै मकालु गाउँपालिका वडा नं. ६ बस्ने जगदिश राई, तेह्रथुम आमफुङ गाउँपालिका वडा नं. ८ बस्ने थमन लिम्बु, धरान उपमहानगरपालिका वडा नंं.१० बस्ने बिनिता सुब्बा ,खादबारी नगरपालिका वडा नं. ६ बस्ने सुरज राई र धरान उपमहानगरपालिका वडा नं.१० बस्ने विष्णु लिम्बु घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको धरानस्थित बीपी प्रतिष्ठानमा र विराट नर्सीङहोममा उपचार भैरहेको जनाएको छ ।

पूर्वेली

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *