तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएका हौं: प्रचण्ड
Published: (Updated: )
by .काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताएका छन् ।
शान्ति प्रक्रियामा आउने भनेर सही समयमा, सही निर्णय गरिएको उनको भनाइ छ ।पेरु, श्रीलंका, भारतलगायत देशका माओवादी आन्दोलनले गम्भीर धक्का खाएको चर्चा गर्दै उनले भने, ‘माओवादी आन्दोलनको अवतरण सही समयमा गराइएको हो, नगराइएको भए समाप्त हुने थियो ।’
अहिले कतिपयले जनयुद्धको नक्कल गर्न खोजेको भन्दै प्रचण्डले उनीहरु सफल नहुने ठोकुवा गरे ।
नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकता अचानक नभएको समेत बताए । सही नीति र नेतृत्व भएका कारण एकता सम्भव भएको बताउँदै उनले भने, ‘यो कसैको लहडमा भएको होइन ।’
माओवादी र एमाले जनयुद्धदेखि नै निकट रहेको स्मरण गरे । सुखानीमा मारिएका किसान आन्दोलनका नेताहरु र माओवादी जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेलको सम्झनामा फागुन १४ गतेदेखि २१ गतेसम्म शहीद सप्ताह मनाउने गरेको बताउँदै उनले भने, ‘हामी उतिबेलै निकट थियौं ।’
अनलाइनखबर
Comments