Sajhamanch Archive

बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गयो

Published: (Updated: ) in विश्व समाचार by .

एजेन्सी । भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ ।

दुर्घटनामा अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् । बस दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको थियो । फिरोजावाद प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको ज्यान गएको बताएको छ ।

‘भारतको राजधानी दिल्लीबाट बिहारको मोतीहारीका लागि छुटेको बस ट्रकसँग ठोक्किँदा बसमा रहेका १३ जना र ट्रक चालकको ज्यान गएको हो । घाइतेहरुको सैफईको एक अस्पतालमा उपचार चलिरहेको छ । बसमा झण्डै ५० जना सवार थिए ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *