Sajhamanch Archive

तालिवानीहरुसँगको वार्ताको वातारण सकारात्मक : अमेरिकी विदेशमन्त्री पोम्पेओ

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by .

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले तालिवानीहरुसँगको शान्ति वार्तामा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् ।

दुवै पक्ष अफगानिस्तानमा जारी विवाद समाधानका लागि एक वर्षदेखि युद्ध विराम गरी वार्तामा संलग्न रहेका छन् । गत सेप्टेम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानसँग वार्ता नहुने बताएपनि पछिल्ला दिनहरुमा भएका प्रयास सकारात्मक भएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले तालिवानीहरुसँगको पछिल्लो छलफलले वार्ताका वातावरण राम्रो बनेपनि निष्कर्षमा पुग्न चुनौती रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले हिंसाको अन्त्य नभएसम्म तालिवानीहरुलाई सहज रुपमा विस्वास गर्ने वातावरण तयार नहुनेसमेत स्पष्ट पारेका छन् । सन् २००१ मा अमेरिकी सेनाले हस्तक्षेप गर्न थालेपछि तालिवानी र अमेरिकाबीच सम्बन्ध चिसिएको थियो ।

अफगानिस्तानमा हाल दश हजार भन्दा बढी अमेरिकी सेना रहेको बताइएको छ । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणको एक महिनापछि अमेरिकी सेनाले हवाइ हमला गरेपछि इराकमा युद्ध सुरु भएको हो । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *