Sajhamanch Archive

एनएमसी हाजिरीजवाफको उपाधि महेन्द्ररत्न माविलाई

Published: (Updated: ) in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तरगत वित्तीय साक्षरता समितिको आयोजनामा आज बिर्तामोड नगरपालिका भित्रका माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।

बिर्तामोडस्थित महेन्द्ररत्न माविमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा नगर क्षेत्रका १५ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

वित्तीय साक्षरता समितिका सदस्य मैना प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि महेन्द्ररत्न माविका प्रधानाध्यापक खडगप्रसाद खरेल रहेका थिए ।

प्रतियोगितामा महेन्द्ररत्न मावि प्रथम,कञ्चनजङ्गा मावि दोस्रो, कोहेड मावि तेश्रो भयो भने वीरअम्बर सिंह माविले सान्तवना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो तथा सान्तवना हुने विद्यालयलाई प्रमाणपत्रसहित नगद ६ हजार, ४ हजार ५००, ३ हजार र १ हजार ५०० रुपैयाँसहित कार्यक्रमका प्रमुख अतिथि खरेल, वित्तीय साक्षरता समितिका सदस्य प्रधान,संस्थाका उपाध्यक्ष भगवती घिमिरे,लेखापरीक्षण समिति सदस्य रचना दाहालले प्रदान गरेका थिए ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि खरेल,संस्थाका उपाध्यक्ष भगवती घिमिरे लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

बिर्तामोड कार्यालयगत समिति संयोजक शान्ता रोक्काले मन्तव्यबाट स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सचिव अरुणकुमार प्रधान र वित्तीय साक्षरता समितिका सदस्य दिपक दाहालले संयुक्त रुपमा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *