Sajhamanch Archive

सिम्रिक साकोसको स्वास्थ्य शिविर गरामनीमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, सहकारी, स्वास्थ्य by .

बिर्तामोड । झापा जिल्लाभर कार्यक्षेत्र रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बिर्तामोड नगरपालिका वडा नं.८ को गरामनीमा वृहत् स्वास्थ्य शिविर आयोजना गरेको छ ।

नोबेल मेडिकल कलेज एण्ड रिसर्च सेन्टर विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न १४ प्रकारका स्वास्थ्य उपचार भइरहेको छ।

स्थानीय लालीगुराँस इङलिस स्कूलमा आयोजित स्वास्थ्य शिविरमा जनरल मेडिसिन सेवा, मुटु रोग, बाल रोग, स्त्री तथा प्रसुती रोग, मानसिक तथा नशा रोगका विशेषज्ञहरुले चेक जाँच गरिरहेका छन् ।

त्यस्तै उक्त शिविरमा हाडजोर्नी, छाला तथा यौन रोग, नाक–कान–घाँटी, आँखा परीक्षण, दन्त परीक्षण, इसिजी सेवा प्रवाह गरिएको संस्थाका विभागीय प्रमुख विजय बस्नेतले जानकारी दिए । शिविरमा भिडियो एक्स रे, प्याथोलोजी, इसिजीलगायत सेवा पनि भइरहेको उनको भनाई छ ।

स्वास्थ्य शिविरको उद्घाटन स्थानीय वयोवृद्ध वर्ष ९२ का खडगप्रसाद भट्टराईको स्वास्थ्य परीक्षण गरेर गरिएको थियो । प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा उनले सहकारीे व्याज उठाउने मात्र संस्था होइन आफूमा सहकार्य गराउने साथसाथै मानिसका सुखदखमा सहयोग गर्ने खालका हुनुपर्ने जिकिर गरे ।

सो अवसरमा विराटनगरबाट आएका आँखा विशेषज्ञ डा.कुमोदकुमार झा,बिर्तामोड नगरपालिका वडा नं.८का कार्यवाहक वडाध्यक्ष दिपक भट्टराई लगायतले आ-आफ्ना धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले संस्थाको परिचयसहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुको औचित्य तथा स्वागत गरेको उद्घाटन समारोहको सञ्चालन सचिव सुवास भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *