Sajhamanch Archive

वुहानबाट नेपालीलाई ल्याउन उड्यो विमान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । चीनको वुहानबाट नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चीनतर्फ उडेको छ ।

आज उडेको विमान आइतबार बिहानै त्रिभुवन विमानस्थलमा अवतरण गर्ने छ ।

हिजो शुक्रबार क्वारेन्टाइनमा राख्न तयार गर्नुअघि सरकारले रिहर्सल गरेको थियो । रिहर्सलपछि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो ।

भक्तपुर खरीपाटीस्थित तालिम केन्द्रमा तयार पारिएका चार वटा ब्लकमा पुरुष र महिलालाई छुट्टाछुट्टै राखिनेछ । वुहानबाट आउन तयार रहेका १८५ नेपालीमध्ये ४४ महिला छन् ।

त्यहाँ खटिने स्वास्थ्यकर्मीको टोलीलाई एउटा ब्लक छुट्याइएको छ भने नेपालीलाई लिन जाने विमानका चालक टोलीलाई नगरकोटको खानेपानी कार्यालयमा राखिने योजना छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *