अर्जुनधारामा एक वडा एक सांसद
Published: (Updated: )
by .अर्जुनधारा। भ्रमण वर्ष २०२० को अवसरलाई सफल र व्यवस्थित बनाउन अर्जुनधारा नगरपालिकाले बृहत अर्जुनधारा नगर महोत्सव को तयारी गरेको छ । २०२० मा नेपाल सरकारले २० लाख बिदेशी पर्यटक भित्राउने लक्ष लाई सहयोग पुयाउन नगरपालिकामा २ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्राउने योजनाका साथ नगरपालिकाले नगरस्तरीय अर्जुनधारा महोत्सवको तयारी गरेको हो ।
नगरपालिकाले फागुन ४ देखि १५ गतेसम्म संचालन गर्ने अर्जुनधारा नगर महोत्सवमा नगरपालिकाका ११ वटै वडामा ११ दिन सम्म विभिन्न कार्यक्रम हुने जानकारी गराईएको छ । पर्या पर्यटन क्षेत्रलाई प्रर्बधन गर्ने उद्देश्यले नगरपालिकाले महोत्सवको आयोजना गर्न लागेको नगरपालिका प्रमुख हरिकुमार रानामगरले बताए ।
भ्रमण वर्ष लाई सफल बनाउन नगपालिकाका टोलटोलबाट तयारीको थालनी गरेर नगरस्तरीय अर्जुनधारा महोत्सव पुर्व तयारीमा नगरपालिका जुटेको छ । नगरप्रमुख रानाले नगरमा भएका पर्यटकीय स्थलसँगै धार्मिक स्थलका बारेमा थप जानकारी दिनका लागि महोत्सव गर्न लागिएको र वडा तथा टोलस्तरबाटै तयारी गरिँदा जनमानसमा पनि सकारात्मक सन्देश जाने भएकाले नगरले बृहत योजनाबाट कार्यक्रम गर्न लागेको बताए ।
फागुन ४ देखी एउटा वडामा एक दिन गरेर महोत्सवको प्रचारप्रसार र महत्वको विषयमा जानकारी गराइने जनाइएको छ । सार्वजानिक गरिएको कार्यक्रममा फागुन ४ गते वडा नं। ७ मा पुरुष तथा महिला फुटवल र खुल्ला कविता प्रतियोगिता गरी समद्घाटन गरिने जानकारी गाराईएको छ । उद्घाटन कार्यक्रम प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले बताए । उनका अनुसार नगरका ११ वटा वडामा आयोजना हुने वडास्तरीय कार्यक्रममा प्रत्येक दिन प्रदेश सरकारका मन्त्री तथा सांसदले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
११ वटै वडामा हुने महोत्सवका लागि नगरपालिकाले २२ लाख रुपैयाँ वजेट विनियोजन गरेको बताईएको छ । महोत्सवमा एक नम्बर प्रदेशका सांसद प्रत्यक्ष अवलोकन गर्न आउने नगर प्रमुख रानामगरले जानकारी दिए । महोत्सवतामा प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री र संघीय मन्त्रीलाई निम्त्याएर अर्जुनधाराको पर्यटकीयस्थलको अवलोकन गराइ आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नु नगररपालिकाको उद्देश्य रहेको पनि नगर प्रमुख रानामगरले बताए ।
वडामा एकदिन एक सांसद
अन्र्तगत महोत्सवमा भौतिक पुर्वाधार विकास राज्यमन्त्रि अम्बिरबहादुर गुरुङ वडा नं. १ मा, राम राना मगर वडा नं. २ मा, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो वडा नं. ३ मा, रामबहादुर राना वडा नं.४ मा, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले वडा नं. ५ मा अवलोकन तथा संवोधन गर्ने कर्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले बताए ।
त्यस्तै वडा नं. ६ मा धर्मशिला चापागाई, वडा नं.११ मा पवित्रा निरौला खरेल, वडा नं १० मा झलकसिंह दर्लामी, वडा नं.९ मा विर्ख प्रधान र वडा नं. ८ मा सांसद् जगदिशचन्द्र कुशियत महोत्सवको अवलोकन गर्न आउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुुर्तेलले जानकारी दिएका छन् । फागुन १५ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुशियतको उपस्थितिमा कार्यक्रमको समापन हुन बताईएको छ ।
Comments