Sajhamanch Archive

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गयो

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

मोरङ । मोरङमा आज भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

बिहान ग्रामथान गाउँपालिका वडा नं.३ रंगटोलको कच्ची सडकमा को६प ७९६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५३ वर्षीय हरीलाल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका माझीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिन मोटरसाइकलका चालक २० वर्षीय चन्द्र मिर्गा फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यस्तै, जदाह गाउँपालिका वडा नं.५ स्थित भित्री सडकमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वतर्फ जाँदै गरेको को३७प ९७४३ नम्बरको मोटरसाइकल र विपरीत दिशावाट आँउदै गरेको को१२प ६२२ नम्बरको मोटरसाइकल ठक्कर खाँदा जहदा गाउँपालिका वडा नं.५ का ३५ वर्षीय वीरेन्द्र मण्डलको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी को३७प ९७४३ नम्बरको मोटरसाइकलको चालक हुन् ।अर्को मोटरसाइकलका चालक सोही ठाउँका २२ वर्षीय अभिषेक मण्डललाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *