Sajhamanch Archive

एसईई प्रश्न बैंकबाट सोध्ने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ ।

बोर्डले लिखित र प्रयोगात्मक परीक्षा सुधार र गुणस्तरीय मूल्यांकन गर्न प्रश्नपत्र निर्माणमै मापदण्ड तय गर्न लागेको हो ।

विश्वविद्यालयका विषय विज्ञहरुले जथाभावी प्रश्नपत्र निर्माण गरिएको भन्दै सुधारमा जोड दिँदै आएका छन् ।

सन् २०२० देखि एसईईमा प्रश्नपत्र बैंकबाट सोध्ने गरी तयारी अघि बढेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताए ।

– कान्तिपुर दैनिकबाट

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *