Sajhamanch Archive

मोटरसाइकल तथा स्कुटर चोरीको आरोपमा ६ जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

बुटवल । मोटरसाइकल तथा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा रुपन्देहीबाट ६ जना पक्राउ परेका छन् ।

बुटवल देविनगरस्थित लुम्बिनी आयुर्वेद अस्पताल अगाडिबाट सोमबार मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

अनुसन्धानका क्रममा उक्त समूहले चार वटा मोटरसाइकल र एउटा स्कुटी चोरेर विभिन्न स्थानमा लुकाई राखेको पत्ता लागेको र सबै सवारी साधन बरामद गरिएको भट्टराईले बताए । पक्राउ पर्नेहरुमा रुपन्देहीको सैनामैना नगरपालिका–१ का २६ वर्षीय दिपक थापा, २२ वर्षीय सुजन थापा र २५ वर्षीय जीवन पुन रहेका छन् ।

यस्तै देवदह नगरपालिका–११ का २५ वर्षीय धर्मेन्द्र कहार, ३३ वर्षीय लक्ष्मण गिरी र ३६ वर्षीय धर्मेन्द्र चमार रहेका छन् । अनुसन्धानपछि उनीहरुलाई चोरी मुद्दा अन्तर्गत मुद्दा चलाइने डीएसपी भट्टराईले बताए ।

प्रहरीले आज पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरेको हो । उनीहरुले बुटवल तथा तिलोत्तमा क्षेत्रबाट मोटरसाइकल र स्कुटर चोरी गर्ने गरेको प्रहरीले बताएको छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *