Sajhamanch Archive

‘केही मानिस परिर्वतनबाट अत्तालिन थालेका छन् : प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार धुलिखेल नगरपालिकाको ३४औं स्थापना दिवसमा प्रमुख अतिथिकारुपमा निम्त्याइएका थिए । त्यस क्रममा उनले स्व. मदन भण्डारीको शालिक अनावरणसमेत गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीलेसँगै रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाको प्रशंग कोट्याए ।

‘काभ्रे प्रतिभा जन्माउने ठाउँ हो । प्रतिभा जन्माउने जिल्ला हो । यो कुरा क्रमशः प्रकट हुँदै गएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बास्कोटा र अर्कोतिर अरु सबैजस्तो देखिएको छ । सरकारको विरोध गर्नुपर्‍यो भने गोकुल बास्कोटातिर हेर्नेबितिक्कै चुप लाग्छन् ।’

प्रधानमन्त्री ओलीले नेपाल नगरपालिका संघका अध्यक्षसमेत रहेका धुलिखेल नगरपाकिलाका मेयर अशोक ब्याञ्जुको पनि प्रशंसा गरे ।‘धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु देशभरका नगरपालिकाका अध्यक्ष हुनुहुन्छ । अशोक ब्याञ्जुलाई देशभरका जनप्रतिनिधिहरुले त्यसै अध्यक्षमा चुनेनन् होला, अशोक ब्याञ्जुमा केही क्षमता देखेर नै चुने ।’

प्रधानमन्त्रीले धुलिखेल नगरपालिकाको मुक्तकण्ठले प्रशंसा गरे । उनले भने, ‘केही समयको अन्तरालपछि धुलिखेल नगरपालिकामा मैले बेग्लै उत्साह, बेग्लै उमंग र विकासको बेग्लै संकल्प पाएँ । यहाँ परिवर्तन पाएको छु र अझै ठूला परिवर्तनको संकल्प पाएको छु ।’

प्रधानमन्त्रीले मदन भण्डारीको शालिक अगाडि तस्वीरसमेत खिचाए । कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्री वीना मगर पनि प्रधानमन्त्रीसँगै धुलिखेल पुगेकी थिइन् । प्रधानमन्त्रीका साथमा राधिका शाक्य पनि थिइन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले जननेता मदन भण्डारीप्रति सम्मान ब्यक्त गर्न काभ्रे भञ्ज्याङ्गमा भण्डारीको शालिक स्थापना गरेकोमा नगरपालिका र वागमती प्रदेश सरकारलाई धन्यवाद दिए ।

भाषणका क्रममा प्रधानमन्त्रीले भने, ‘केही मानिस परिर्वतनबाट अत्तालिन थालेका छन् । सडकमा अब तारका झुप्पा देखिने छैनन् । सुरुङ्ग युगमा प्रवेश गरिएको छ । कोटेश्वर–धुलिखेल खण्ड फराकिलो बनाउँदै राजधानीसँग काभ्रेलाई सहज बनाइनेछ । देश विकासको सिँढी चढिरहेको छ । हरेक दिन युगान्तकारी विकासका काम अगाडि बढेको छ, एउटा नयाँ युगको प्रारम्भ भएको छ ।’

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *